You are viewing the translated version of मिलापत्र हुन सक्नेः.

Section 131A
मिलापत्र हुन सक्नेः
(१) प्रतिवादी उपर बचतकर्ताको .बचत रकम भुक्तानी दिन नसकेको वा“बचत रकम हिनामिना गरेको वा सहकारी ठगी गरेको भनी दफा १३० बमोजिम मुद्दा दायर भई अदालतमा विचाराधीन रहेको मुद्दा वा प्रचलित कानून बमोजिम मिलापत्र गर्न सकिने अन्य फौजदारी मुद्दामा- सदस्यको बचत रकम वा हिनामिना भएको बचत रकम फिर्ता गरेकोले मिलापत्र गराई पाउँ भनी निवेदन दिएमा मिलापत्र हुन सक्नेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम मिलापत्र हुन नसक्ने सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र अन्य फौजदारी कसूरसँग सम्बन्धित मुद्दामा मिलापत्र गर्न सकिने छैन। (३) उपदफा (१) बमोजिमको मिलापत्र फैसला कार्यान्वयनको: चरणमा समेत गर्न सकिनेछ र त्यसरी : मिलापत्र भएकोमा प्रतिवादीलाई लागेको दण्ड जरिबाना र बिगो तिर्नु बुझाउनु पर्ने छैन र कैदको समेत लगत कट्टा हुनेछ।

(४) उपदफा (१) बमोजिम मुद्दा मिलापत्र गर्दा प्रतिवादीको चल अचल सम्पत्ति रोक्का फुकुवा गर्नु पर्ने भए सो फुकुवा समेत गरी सम्बन्धित, अदालतले मिलापत्र कार्यान्वयन गरिदिनु पर्नेछ।

(५) उपदफा (१) बमोजिम मिलापत्र गर्दा सरकारी वकीलको राय लिनु पर्नेछ।

(६) उपदफा (१) बमोजिम मिलापत्र गर्दा एकभन्दा बढी प्रतिवादी भएकोमा सम्बन्धित प्रतिवादीको बिगो यकिन भएकोमा आफ्नो हकको बिगो भुक्तान गरी मिलापत्र गर्न सकिनेछ।

(७) उपदफा (१) बमोजिम मिलापत्र गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा उल्लिखित कार्यविधि अवलम्बन गर्नु पर्नेछ।